गृहमन्त्रालयको स्रोतले भन्यो : केही दिन पर्खिनुस्, शर्मा जस्तै अन्य पनि पक्राउ पर्छन्

प्रमुख खबर

काठमाडौँ – नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई सिआईबीले पक्राउ गरेको छ ।
आज दिउँसो साढे ३ बजे आफ्नै निवासबाटै पक्राउ परेका शर्माको विषउमा प्रहरी बोलेको छैन । तर प्रहरीले औपचारिक पुष्टि गर्न नमानिरहेका बेला गृहमन्त्रालय स्रोतले शर्मा जस्तै अन्य पनि पक्राउ पर्न लागेको जनाएको छ ।
गृहमन्त्रालयको स्रोतका अनुसार, ‘शर्मा जस्ता अन्य व्यक्ति पनि पक्राउ पर्न लागेको छन् । सांसद शर्मालाई नक्कली सर्टिफिकेट प्रकरणमा अनुसन्धान गर्न पक्राउ गरिएको हो । अरु पनि यही केसमा पक्राउ पर्दैछन्, केही दिन पर्खिनुस् ।’
शर्मालाई भारतको एक संस्थाबाट जारी भएको भनिएको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको एक स्रोतले बताएको छ ।
उक्त प्रमाणपत्रका आधारमा उनले एमबीबीएस अध्ययन गरेको खुलेको पाइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट