सदन खुलाउने विषयमा सभामुख र राष्ट्रियसभा अध्यक्षसँग राष्ट्रपतिको छलफल

राजनीति

काठमाडौँ / प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ ।
आज (शुक्रबार) बिहान १० बजे राष्ट्रपति कार्यालय शीतल निवासमा सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति पौडेलसँग अवरुद्व संसद खुलाउनेबारे आधा घण्टा छलफल गर्नुभएको हो ।
भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले सभामुख र राष्ट्रिय सभा अध्यक्षसँग सदनको अवरोध खुलाउन भएका पहलबारे जानकारी लिनुभएको छ ।
भेटमा सभामुख र राष्ट्रिय सभा अध्यक्षले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट समेत सहयोगको अपेक्षा राख्नुभएको थियो ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै लगातार सदन अवरोध गर्दै आएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट