दैनिक सय किलो सुन अवैध रूपमा नेपाल भित्रिरहेको छः ओली


काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा दैनिक सय किलो अवैध सुन भित्रिरहेको बताउनुभएको छ।
उहाँले अहिले भन्सारमा जे छुँदा पनि सुन नै निस्किने दाबी गर्नुभएको छ ।
आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले निष्पक्ष छानबिन आयोग गर्न किन नहुने भन्दै प्रश्नसमेत गर्नुभएको छ । साथै उहाँले तस्करीको सुनमा सरकारको संलग्नता नभए किन आयोग बनाउन तर्सिएको भन्दै प्रश्न गर्नुभएको छ ।
उहाँले संसद अवरोध हुन नहुने र एमालेले नभई सत्तापक्षले नै संसद अवरोध गरेको बताउनुभयो ।ओलीले संसद निदाएर बस्ने थलो नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘संसद अवरोध हुनै हुँदैन। गर्नै हुँदैन, गर्ने परिस्थिति ल्याउनु हुँदैन। संसद देशका लागि जनताका लागि काम गर्ने थलो हो।
ओलीले सरकार अपराधिलाई जोगाएर स्टण्डबाजीमा उत्रिएको टिप्पणी गर्नुभयो।