`

कांग्रेस प्रवक्ताको टिप्पणी- पार्टी सदस्य भएपछि के बोल्नु हुन्छ के हुँदैन भन्ने हेक्का राख्नु पर्छ

Nepal One HD २८ साउन २०८० १५:५०
प्रमुख खबर

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले पार्टी सदस्य भएपछि के बोल्नु हुन्छ के हुँदैन भन्ने हेक्का राख्नु बताएका छन् ।

आज संसदीय दलको बैठकपछि पार्टीको सांसद सुनिल शर्मालक्षित गर्दै उनले यस्तो बताएका हुन् । उनले शर्मालक्षित गर्दै भने पार्टी सदस्य भएपछि सबै अनुशासन र मर्यादा बस्नुपर्ने बताए ।

बैठकपछि उनले भने, ‘संसदीय दलमा अनुशासन र मर्यादाको कुराबारे पनि प्रश्न उठेका छन् । के बोल्नु हुन्छ के हुँदैन भन्ने कुरा उठेका छन् । संस्थाको अभ्यास गर्दै आएको भएपनि त्यो नर्म्समा बस्न सक्नुपर्छ । पार्टीका सबै सदस्यले त्यो नर्म्समा बसेर कुरा गर्नुपर्छ ।’


प्रतिक्रिया