सरकारबाट अमनलाल मोदीलाई फिर्ता बोलाउने माओवादीको निर्णय

प्रमुख खबर

काठमाडौँ – नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा प्रशासन मन्त्री अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।
आइतबार दिउँसो बालुवाटारमा बसेको बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री मोदीलाई फिर्ता बोलाएर जनमत पार्टीलाई सरकारमा भित्र्याउने तयारी गरेका हुन् । जनमत पार्टीले नितादेवी साहको नाम २६ असारमै सिफारिस गरेको थियो । सोहि अनुसार आज माओवादीको कोटामै जनमतलाई भित्र्याउन लागेको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट