`

माओवादीको कोटामा जनमत पार्टीकी अनितादेवी मन्त्री बन्दै

Nepal One HD २८ साउन २०८० १९:२६
प्रमुख खबर

काठमाडौं । जनमत पार्टीकी अनिता देवीले सोमबार पद तथा गोपनीयताको शपथ लिने भएकी छन् ।

राष्ट्रपति कार्यालयका अनुसार साहको शपथ सोमबार बिहान १० बजेका लागि तय भएको छ। जनमतलाई सरकारमा सहभागी गराउन नेकपा माओवादी केन्द्रले आफ्ना नेता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएको छ ।

अनितादेवीलाई सोही मन्त्रालयको जिम्मेवारी दिने तयारी छ। असार अन्तिम साता माओवादीको कोटामै जनमतलाई भित्र्याउने सत्ता गठबन्धनमा सहमति भएको थियो ।  


प्रतिक्रिया