`

इन्जिनियरिङ अध्ययनमा २०० प्रतिशत वृद्धि गरेका शुल्क फिर्ता लिन पौडेलको माग

Nepal One HD ७ भदौ २०८० १६:१५
राजनीति

काठमाडौँ / प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले इन्जिनियरिङ अध्ययन संस्थानमा २०० प्रतिशत शुल्क वृद्धि गरेको भन्दै शुल्क वृद्धिको निर्णय फिर्ता लिन माग गर्नुभयो ।

बिहीवार प्रतिनिधि सभा बैठकमा बाल्दै पौडेलले शुल्क वृद्धि अस्वभाविक भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान आन्दोलित छ । त्यहाँ झन्डै २०० प्रतिशत शुल्क वृद्धि गरिएको छ । इन्जिनियरिङ शिक्षामा गुणस्तरीयता कायम गरेको र सामान्य जनताको पहुँच हुने स्थितिमा सञ्चालन हुँदै आएको इन्जिनियरिङ अध्ययन संस्थानमा जुन ढंगबाट शुल्क वृद्धि गरिएको छ । त्यो अस्वभाविक छ । तत्काल शुल्क वृद्धिको निर्णयलाई फिर्ता लिएर विद्यार्थीहरुको मागलाई पुरा गरियोस् । र त्रिभुवन विश्वविद्यालय भद्रगोल ढंगबाट चलिरहेको छ, त्यसलाई सुधार गर्नका निम्ति शिक्षा मन्त्रालयले स्वेतपत्र जारी गरोस् ।’


प्रतिक्रिया