`

सुन ल्याउने चिनियाँ, कचौरा र अम्खोरा बनाउने को ?

Nepal One HD ८ भदौ २०८० ७:०९
समाचार

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सुन तस्करीमा चिनियाँ गिरोह संलग्न रहेको यकिन गरेको छ।तर नेपालबाट भारत लगिएको सुन किन्ने समूहबारे भने अझै अन्योल कायम रहेको बताइएको छ। अनुसन्धानका लागि पक्राउ परेका चिनियाँहरू नै सुन तस्करीमा रहेको यकिन गरेको सिआइबीले भारततर्फ सुन जाने निष्कर्षमा निकाले पनि किन्ने समूहबारे भने यकिन गर्न सकेको छैन ।

‘सुन ल्याउने समूह पहिचान भएको छ, त्यसमा चिनियाँ नै संलग्न छन् भन्ने यकिन गरेका छौं। सुन भारततर्फ जान्छ भन्नेमा पनि यकिन भएको छ तर त्यो कुन समूहले किन्छ, भारतीय व्यापारी कति संलग्न छन् भन्नेबारे अझै खुल्न सकेको छैन,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने।

सिआइबीले सुन तस्करीबारे एसपी सञ्जय थापाको नेतृत्वमा अनुसन्धान गरिरहेको छ। त्यसको अनुगमन डिआइजी यज्ञविनोद पोखरेलले गरिरहेका छन्। छुट्टै कार्यालय खोलेर अनुसन्धान गरिरहेको सिआइबीले अझै दक्ष जनशक्ति आवश्यक रहेको भन्दै केही प्रहरी अधिकारीलाई सिआइबीमा ल्याउन खोजेको छ।यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।


प्रतिक्रिया