`

मुलुकको सुशासनका लागि दलीय स्वार्थभन्दा माथि उठेर काम गरौंः सामान्य प्रशासनमन्त्री देवी

Nepal One HD १९ भदौ २०८० १७:३२
राजनीति

काठमाडौँ / सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले दलीय स्वार्थभन्दा माथि उठेर काम गर्न सांसदहरुलाई आग्रह गर्नुभएको छ ।

मंगलवार सिंहदरवारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले मुलुकमा सुशासन कायम गर्नका लागि सांसदहरुले दलीय स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताउनुभएको हो । मन्त्री देवीले देशका सबै भुगोल र समुदायलाई समेटेर मात्रै कानून निर्माण गर्ने काम नभए भ्रष्टाचारको अन्त्य गरी मुलुकलाई सुशासनको बाटोमा हिँडाउनसक्ने अवस्था नरहेको बताउनु भयो । देशको भुगोललाई हेरेर, त्यहाँ बसोवास गरेका सबै समुदायलाई समेटेर मात्रै सांसदहरुले कुनै पनि कानूनको निर्माण र संशोधन गर्नुपर्ने उहाँको भनाई थियो । मन्त्री देवीले सरकारबाट भएको कमजोरी सच्याउनका लागि पनि सांसदहरुले सरकारलाई आवश्यक्ता अनुसार सचेत गराउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी जुन ऐन, कानून बनाउँछौं । त्यसलाई हामीले देशभरकै कुनाकाप्चाका भुगोललाई हेरेर, त्यहाँ बसोवास गरेका हरेक वर्गलाई समेटेर हामीले ऐन, कानून बनाऔं । अनि, विगतमा हाम्रा ऐन, कानुनका कुन दफा, कुन उपदफा हामीले हटाउनुपर्ने हो ? त्यो हटाऊ । जबसम्म हामीे हटाएनौ भने सबभन्दा ठूलो व्यथिति छ हाम्रै–करपशन । त्यसलाई हामीले कसरी हटाउन सक्छांै ? सबभन्दा पहिला भ्वाङ परेको त्यही हो । त्यसलाई सबभन्दा पहिले जरादेखि शुन्यता ल्याएनौं भने हामी जतिसुकै चिलायो भने केही पनि गर्न सक्दैनौं । हामीले सरकारसँग पनि कति त्रुटी भएको छ ? सरकारलाई पनि ध्यानाकर्षण गराऔं । हामी यो राज्य व्यवस्थालाई पनि सुशासन कायम गर्न चाहन्छौं भने आफ्नो दलबाट पनिमाथि उठेर एकीकरण गरेर हामी एकतावद्ध भएर गएनौ भने एकअर्कामाथि दोषारोपण गरेर मात्र हुँदैन । अब त्यसो गर्न छोडौं ।’

मन्त्री देवीले एकअर्कालाई दोषारोपण गरेर मुलुकमा सुशासन कायम नहुने भएकाले त्यस्ता खालका कारबाहीमा दलहरुले समय खर्च गर्न नहुने पनि बताउनु भयो ।


प्रतिक्रिया