`

सुनसरीमा तीजको रमझम [तस्वीरहरू]

Nepal One HD २९ भदौ २०८३ १६:४४
फोटोफिचर

इनरुवा। सुनसरीको इनरुवा नगरपालिका–३ स्थित राधाकृष्ण मन्दिरमा सोमबार हरितालिका तीजको अवसरमा व्रतालु महिलाहरू नाचगान गर्दै रमाएका छन्।

भाद्र शुक्ल तृतीयाका दिन व्रत बस्दा श्रीमान् तथा सन्तानको सुस्वास्थ्य र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ। यही विश्वासका साथ महिलाहरू शिव–पार्वतीको पूजा आराधना गर्दै तीजको व्रत बस्ने गर्छन्।

तीजको व्रतमा कतिपय महिलाले पानीसमेत नपिई निराहार बस्ने परम्परा छ।

व्रतालु महिलाहरू पायक पर्ने मन्दिरमा भेला भएर गीत गाउने, नाच्ने र आपसमा शुभकामना आदानप्रदान गर्दै तीज मनाउने गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *