`

कोसीका मुख्यमन्त्रीको गुनासो, ‘राजनीतिक अस्थिरताले प्रदेशबासीमा वितृष्णा फैलियो’

Nepal One HD ३ असोज २०८० ११:४७
प्रमुख खबर

बिराटनगर– कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशमा भएका अस्थिरताका कारण सिंगो प्रदेशबासीमा वितृष्णा पैदा भएकोे बताउनुभएको छ । संविधान दिवसको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा उहाँले संघीयता कार्यान्वयनका लागि सहमति र सहकार्य गर्नुको विकल्प नभएको बताउनुभयो । आवश्यक कानुनको अभावमा संघीयताको मर्म र भावना अनुसार काम हुन नसकेकाले कानुन निर्माणमा जोड दिनुपर्ने उहाँको भनाइ छ ।

कोसी प्रदेशका राजनैतिक, आर्थिक र सामाजिक समस्या निराकरणका लागि प्रदेशसभामा रहेका राजनैतिक दलबीच सहमति र सहकार्य आवश्यक रहेको उहाको भनाइ छ ।

कार्यक्रममा संविधान कार्यान्वयनको अवस्था, चुनौती र समाधान विषयक निवन्ध प्रतियोगिताका विजयी विद्यार्थीलाई नगद र प्रमाणपत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा प्रदेश सरकारका मन्त्री, उपसभामुख, प्रदेश सांसद, उच्चपदस्थ कर्मचारीहरु, सुरक्षाकर्मीहरु, विद्यार्थी लगायतकाको उपस्थीति थियो ।


प्रतिक्रिया