`

चन्द्र भण्डारीसहित ८ जना नेपाली कांग्रेस केन्द्रिय सदस्यमा मनोनित

Nepal One HD ४ असोज २०८० १४:३७
प्रमुख खबर

काठमाडौ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा ८ जनालाई मनोनीत गर्नुभएको छ ।
उहाँले आज गुल्मीका चन्द्र भण्डारी, अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेका शिवप्रसाद हुमागाईं, बागलुङका किरणराज शर्मा पौडेल, रूपन्देहीका भरतकुमार शाह, कास्कीका शारदा पौडेल र पर्साका अनिलकुमार रूंगटालाई केन्द्रीय सदस्य मनोनीत गर्नुभएको हो ।
२०७८ सालमा भएको १४ औं महाधिवेशनबाट सभापतिमा देउवा निर्वाचित भएका थिए । विधानअनुसार महाधिवेशन भएको ६ महिनाभित्र ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्नुपर्ने भएपनि सभापति देउवाले १९ महिनापछि केन्द्रीय सदस्य मनोनीत गर्नुभएको हो ।


प्रतिक्रिया