शिक्षा सम्बन्धी विधेयकका त्रुटी सच्याउँछौं: गगन थापा


काठमाडौ– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विद्यालय शिक्षा सम्बन्धी विधेयकमा धेरै त्रुटी रहेकाले संसदबाट सच्चाउने प्रतिवद्धता दोहोर्याएका छन् । आज काठमाडौमा भएको कार्यक्रममा महामन्त्री थापाले विद्यालय शिक्षा सम्बन्धी विधेयक सरकारको प्रस्तावमात्रै भएकाले यसमा रहेका धेरै त्रुटीहरुलाई संसदबाट सच्चाउने प्रतिवद्धता जनाएका हुन् ।
संसदलाई विश्वास गरेर शिक्षकहरुले आफ्नो आन्दोलन स्थगित गर्नुपर्ने र सरकारले पनि विधेयकमाथिको असन्तुष्टिलाई सच्चाउने प्रतिवद्धता गर्नुपर्ने उनको भनाइ छ । थापाले शिक्षकहरुको आत्मसम्मान, मर्यादालाई ध्यान दिनुपर्ने र शिक्षकलाई आवश्यकता अनुसारको सुविधाको ग्यारेन्टी विधेयकमार्फत गर्नुपर्नेमा जोड दिए ।
अहिलेको विधेयक कम्तीमा पनि २० बर्षका लागि हुने भएकाले हतार नगरि संशोधनका आधारमा अन्तिम टुङ्गो लगाउनुपर्ने उनको धारणा छ । थापाले अहिलेको अवस्थामा देशभरका बिद्यालयमा विद्यार्थीहरुलाई सिकाइको अवस्था परिवर्तन गर्नुपर्ने अबस्था आएको बताए ।