`

एमाले अध्यक्ष ओलीको आरोप– सरकारले राजनीतिको अपराधीकरण ग-यो

Nepal One HD ५ असोज २०८० १८:५८
राजनीति

काठमाडौ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राजनीतिको अपराधीकरण र अपराधीको राजनीतिकरण गरिरहेको आरोप लगाएका छन् । उनले अपराधीलाई छाड्ने सरकारको निर्णयलाई राष्ट्रपतिले सहिछाप गरेको भन्दै आपत्ती जनाए ।

हिंसा सुरु गरेको दिनलाई राष्ट्रिय दिवस मनाएर शान्ति प्रक्रिया टुङ्गोमा पुग्न नसक्ने उनको भनाइ छ । एमाले अर्थ तथा योजना विभागले शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा ओलीले हिंसा सुरु गरेको दिन फाल्गुन १ गतेलाई राष्ट्रिय दिवस मनाएर शान्ति प्रक्रिया टुङ्गोमा पुग्न नसक्ने बताएका हुन् । उनले हिंसा दिवस र शान्ति प्रक्रिया संगसंगै जाने बिषय नभएको जिकिर गरे । जनताले चाहेको समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा पुरा गर्न एमाले अघि बढ्ने उनले स्पष्ट पारे ।


प्रतिक्रिया