बझाङ भूकम्प : सरकारले अस्थायी आवासका लागि ५० हजार र मृतकका परिवारलाई २ लाख दिने
बझाङ– सरकारले बझाङमा भूकम्पबाट पूर्ण क्षति भएका घरका परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माण गर्न ५० हजार उपलब्ध गराउने भएको छ । भूकम्पबाट प्रभावित अन्य परिवारलाई भने राहतस्वरूप परिवार संख्याको आधारमा १५ देखि २० हजार रुपैयाँ तत्काल राहत खर्च व्यवस्था गरिने भएको छ ।
भूकम्पले र्पुयाएको क्षतिको अवलोकन गर्न बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पबाट भएको क्षति अवलोकनपश्चात् राहतको घोषणा गरेका हुन् । उनले राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा तदारुकता देखाउने पनि आश्वासन दिए ।
प्रधानमन्त्री प्रचण्डले भत्किएका, चिरा परेका, आंशिक क्षति भएका घर तथा संरचनाहरूको दीर्घकालीन पुनर्निर्माण र पुनस्र्थापनाका लागि स्थानीय तह, जिल्ला प्रदेशबाट प्राप्त क्षति मूल्यांकनका आधारमा कार्यविधि बनाई यसअघि गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा गरिएको पुनर्निर्माण जस्तै स्थानीय सामग्रीहरूको प्रयोग गरी सुरक्षित पुनर्निर्माणको काम अगाडि बढाइने पनि जानकारी दिए ।
