`

प्रदेशसभामा सङ्घीय सरकारको ध्यानाकर्षण प्रस्ताव

Nepal One HD २२ असोज २०८० २१:२६
राजनीति

मकवानपुर, २२ असोजः बागमती प्रदेशसभाको आज साँझ बसेको बैठकमा प्रदेशसभा सदस्य केशवप्रसाद पोखरेलले काठमाडौँ–धादिङ सुरुङमार्ग निर्माणका क्रममा स्थानीयवासीले झेल्नु परेका समस्याबारे सङ्घीय सरकारको ध्यानाकर्षण गराउँदै प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।

सुरुङमार्ग निर्माणको क्रममा त्यस भेगका करिब एक हजार दुई सय परिवारले स्वच्छ पानीको अभाव झेल्नु परेकाले सङ्घीय सरकारले उनीहरुको समस्यालाई यथाशीघ्र समाधान गर्न प्रदेशसभा सदस्य पोखरेलले आग्रह गर्नुभयो । ती क्षेत्रमा बसोबास गरेका सर्वसाधारणलाई सिँचाइको व्यवस्था गर्न र वातावरण प्रदूषण नियन्त्रण गरी प्रभावित क्षेत्रका विपन्न नागरिकलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनेतर्फ सङ्घीय सरकारले विशेष पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सभामुख भुवनकुमार पाठकले उहाँको ध्यानाकर्षण प्रस्तावलाई सङ्घीय सरकारको ध्यानाकर्षण गरी आवश्यक कारबाही अगाडि बढाउन प्रदेश सरकारलाई निर्देशन दिनुभयो । बैठकको अध्यक्षता सभामुख पाठकले गर्नुभएको थियो ।

प्रतिक्रिया