`

सामाजिक एकतालाई बलियो बनाउनुपर्छ : उपाध्यक्ष शाक्य

Nepal One HD २८ असोज २०८० २०:४४
राजनीति

काठमाडौँ, २८ असोज : नेपाल कम्युनिष्ट पार्टी एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सामाजिक एकतालाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।

काठमाडौँ महानगर समितिले आज यहाँ आयोजना गरेका महानगरस्तरीय चङ्गा प्रतियोगिता कार्यक्रममा बोल्दै उहाँले सामाजिक एकतालाई बलियो बनाएर अगाडि बढ्नुपर्ने बताउनुभएको हो । “देशमा जात–जातकाबीचमा विभिन्न अन्तरविरोध र द्वन्द्व सिर्जना भइरहेको छ, उक्त काम गलत हो, सामाजिक एकतालाई बलियो बनाउँदै जानुपर्छ,”– उहाँले भन्नुभयो ।

आजसम्म विभिन्न जातजाति मिलेर बसी राष्ट्रियता बलियो हुन सकेको भन्दै नेतृ शाक्यले अझै सामाजिक एकतालाई बलियो बनाउँदै जानुपर्ने बताउनुभयो । समाजिक एकतालाई मजबुत बनाउन सके नेपाल र नेपालीको पहिचान बलियो हुने उहाँको भनाइ थियो ।


प्रतिक्रिया