एमालेको चियापन कात्तिक १५ गतेलाई स-यो
प्रमुख खबर
काठमाडौ– कात्तिक १४ गते गर्ने भनिएको नेकपा एमालेको चियापान कार्यक्रम १५ गतेलाई सरेको छ । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेपालीको महान् चाड बडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा निर्धारण गरिएको चियापान कार्यक्रम एक दिन पछि सरेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसको नेपाल भ्रमणको कार्यतालिकालाई ध्यान दिँदै यही कात्तिक १५ गतेका लागि कार्यक्रम सारिएको एमालेका केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।
चियापान कार्यक्रम सो पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा दिउँसो १२ः१५ बजेबाट सुरु हुने जनाइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
