`

प्रतिनिधिसभा बैठक बस्दै

Nepal One HD १२ कार्तिक २०८० ११:४५
प्रमुख खबर

काठमाडौ– आज प्रतिनिधि सभाको बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा संयुक्त राष्ट्र संघका महासचिवको सम्बोधनसम्बन्धि पत्रको व्यहोरा पढेर सुनाउने कार्यतालिका छ ।

यस्तै, अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक–२०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव, बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक– २०८०, भन्सार विधेयक–२०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव, भन्सार विधेयक, २०८० प्रस्तुत गर्ने कार्यसूची पनि छ ।


प्रतिक्रिया