कोशी प्रदेशसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलले भूकम्पपीडितलाई सहयोग गर्ने
राजनीति
विराटनगर, २२ कात्तिक : कोशी प्रदेशसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलले जाजरकोटका भूकम्पपीडितका निम्ति आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् ।
नेपाली कांग्रेसका ३९ जना सदस्यले १५ दिनको पारिश्रमिक, नेकपा (एमाले) का प्रदेशसभा सदस्यका तर्फबाट रु पाँच लाख र राप्रपाका छ जनाले एक महिनाको पारिश्रमिक दिने निर्णय गरेका छन् ।यसअघि कोशी प्रदेश सरकारले तत्काल राहत स्वरुप रु एक करोडका त्रिपाल, कम्बललगायत सामग्री प्रदान गरिसकेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
