नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको कप्तानमा इन्दु बर्मा नियुक्त

खेलकुद

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको कप्तान इन्दु बर्मा बनेकी छिन् । बिहिबार नेपाल क्रिकेट संघ क्यानले उनलाई कप्तानमा नियुक्त गरेको हो । क्यानले १ दशकदेखि कप्तान रहेकी रुविना क्षेत्रीलाई विश्राम दिएर उनलाई कप्तान बनाएको हो । रुविना भने टिममा यथावत नै छिन् । यस्तै क्रिकेट टिमको उपकप्तानको जिम्मेवारी विन्दु रावलले पाएकी छिन् ।
यस्तै खेलाडीको सूचीमा इन्दु,विन्दु र रुविनाको अतिरिक्त अन्य सदस्यमा सिता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ र कन्चन श्रेष्ठ रहेको क्यानले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट