`

तीन महिनामा ३ खर्ब ६५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रियो

Nepal One HD २४ कार्तिक २०८० १४:४३
अर्थ समाचार

काठमाडौ– चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३ खर्ब ६५ अर्ब रुपैयाँ बढी रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजजिनक गरेको पहिलो त्रैमासको वित्तीय रिपोर्ट अनुसार पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ३० प्रतिशतले बढेर ३ खर्ब ६५ अर्ब ३४ करोड पुगेको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.९ प्रतिशतले वृद्धि भई २ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.९ प्रतिशतले मात्रै बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख १३ हजार ३९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९ हजार २९७ रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङकमा उल्लेख छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ४७ हजार ९३२ र ५७ हजार ८६१ रहेको थियो ।


प्रतिक्रिया