`

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Nepal One HD ५ मंसिर २०८० ८:०८
अर्थ समाचार

काठमाडौं। मंगलबार केही विदेशी मुद्राको विनिमय दर घटबढ भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

यस्तै आज अमेरिकी डलरको १ को खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको छ। यस्तै युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ३६ पैसा र बिक्री दर १४६ रुपैयाँ ०१ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ८७ पैसा र बिक्री दर १६६ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर ९७ रूपैयाँ तथा बिक्री दर ९७ रूपैयाँ ४३ पैसा रहेको छ।

यस्तै आज जापानी येन १० को खरिददर ८ रूपैयाँ ९७ पैसा तथा बिक्री दर ९ रूपैयाँ ०१ पैसा, साउदी रियाल १ को खरिद दर ३५ रूपैयाँ ४८ पैसा तथा बिक्रि दर ३५ रूपैयाँ ६४ पैसा, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको छ।


प्रतिक्रिया