`

यमनविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

Nepal One HD ५ मंसिर २०८० १२:५१
खेलकुद

काठमाडौं / फिफा विश्वकप छनोट २०२६ अन्तर्गत यमनविरुद्ध खेल्ने नेपाली फुटवल टिमको घोषणा भएको छ । आज बेलुका ७ बजे काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलका लागि एन्फाले २३ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।

अर्को चरणमा प्रवेशका लागि नेपाली टोलीलाई आज खेल जित्नै पर्ने दबाब छ । फिफा वरीयतामा यमन १५६औँस्थानमा रहेको छ भने नेपाल १७३औँ स्थानमा छ । विश्वकप एसिया छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा यूएई, बहराइन र यमन छन् ।

नेपालले दोस्रो चरणको पहिलो खेलमा यूएईसँग ४–० को हार बेहोरेको थियो । यस्तै, बहराइनसँग २–० गोलले पराजित भएको यमन पनि अंकविहीन छ ।

नेपाली टिम
गोलकिपर: किरण कुमार लिम्बु, दीप कार्की, अभिषेक बराल

डिफेण्डर: अमृत श्रेष्ठ, अन्जन राई, अनन्त तामाङ, छिरिङ लामा, सनिश, रोहित चन्द, योगेश गुरुङ

मिडफिल्डर : एरिक विष्ट, उत्सव राई, सेसेहाङ आङदम्बे, दिनेश हेन्जन, कृतिश रत्न छुन्चु

फरवार्ड: जिलेस्पी जंग कार्की, आशिष चौधरी, राजेश परियार, सन्जिव विष्ट, अन्जन विष्ट, हिसुब थपलिया, आयुष घलान, मनिष डाँगी


प्रतिक्रिया