`

पोखरामा केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिता सुरु

Nepal One HD ७ मंसिर २०८० १४:१४
खेलकुद

कास्की– पोखरामा केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओलीले गरेका हुन् । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा प्रतियोगिता उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले सरकारको लगानीबिना खेल र खेलाडीको विकास संभव नरहेको बताए ।

खेलाडीहरू व्यवसायिक बन्न नसक्दासम्म खेलकुदमा समृद्धि सम्भव नभएको उनको तर्क छ । उद्घाटन खेलमा आयोजकको मदन भण्डारी स्पोट्र्स एकेडेमी ‘रातो’ र बागमती प्रदेशबीच प्रतिष्पर्धा भइरहेको छ । प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिम सहभागी छन् ।


प्रतिक्रिया