युवासंघको दोस्रो केन्द्रिय कमिटीको पुर्ण बैठक भोलि पनि, यस्ता छन् एजेण्डा
काठमाडौं – नेकपा (एमाले) निकट राष्ट्रिय युवासंघ नेपालको दोस्रो केन्द्रीय कमिटीको बैठक शुक्रबारबाट शुरु भएको छ । आज बसेको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेता महेश बस्नेत लगायतले सम्बोधन गरेका थिए ।
सो बैठकमा नेता बस्नेतले युवा संघको अभियान झापाबाट सुरु हुने उद्घोष गरे । संघीय लोकतान्त्रिक गणतन्त्रका कयौं कमीकमजोरी रहेपनि यसको विकल्प राजतन्त्र हुन नसक्न भन्दै उनले युवा संघसँग निहुँ नखोज्न चेतावनी दिए । युवा संघलाई जुध्न बाध्य नपार्न समेत उनले आग्रह गरे । यस्तै बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चेतना नभएका मुर्खहरु जनताले वाक्कदिक्क भएर फालेको राजतन्त्र फर्काउन हिँडेका टिप्पणी गरे ।युवा संघले ‘देश संकटमा परेको बेला हामी यहाँ छौं काँध थाप्छौं’ भनेको भन्दै ओलीले प्रशंसा गरे ।

युवा संघ नेपाल, केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक भोलि पनि बस्दैछ ।बैठकमा सबैलाईअनिवार्य सहभागि हुन अनुरोध गरिएको छ । बैठकका एजेण्डा पनि सार्वजनिक गरिएको छ । बैठकमा भूकम्पबाट क्षतिग्रस्त क्षेत्रमा स्वंसेवक परिचालन, अभियान समिक्षा रिपोर्ट समूह क्षलफल, पदाधिकारी बैठकका निर्णय अनुमोदन लगायतका बिषय रहनेछन् ।

