माछापुच्छ्रे बैंकको शाखा कार्यालय स्थानान्तरण

अर्थ समाचार

विराटनगर– माछापुच्छ्रे बैंक लिमिटेडको एक शाखा कार्यालय स्थानान्तरण गरिएको छ । मोरङस्थित बैंकको टंकिसिनवारी शाखा कार्यालय स्थानान्तरण गरिएको हो ।
बुडीगंगा गाउँपालिका वडा नं. २, गंगा चोक, टंकिसिनवारीमा रहेको बैंकको शाखा कार्यालय सेवाग्राहीमा थप गुणस्तरीय सेवा प्रवाह गर्ने उद्देश्यले जेठ २१ गते देखि साविक स्थानबाट करिब सय मिटर उत्तर तर्फको भवनमा स्थानान्तरण गरिएको हो ।
यसक्रममा बैकले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय, भरपर्दो, सरल तथा सुविधाजनक तवरबाट सेवा दिने आफ्नो स्थापना कालदेखिकै उदेश्य अनुरुप शाखा कार्यालय स्थानान्तरण गर्नुपरेको स्पष्ट पारेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया