एसिया कप क्रिकेट : पाकिस्तानविरुद्ध नेपालले गुमायो पहिलो विकेट

खेलकुद

काठमाडौँ / संयुक्त अरब इमिरेट्स (युएई)मा आजदेखि सुरु भएको एसिसी उन्नाइस वर्षमुनि (यु-१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानविरुद्धको खेलमा टस हारेर ब्याटिङ गरिरहेको छ ।
पाकिस्तानविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट २. २ ओभरमा तिलकराज भण्डारीलाई पहिलो विकेटको रुपमा गुमाएको हो ।
उनी एक चौकासहित ७ रनमा आउट भएका छन् । नेपालले अहिले ६ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा १९ रन बनाएको छ ।
उक्त प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा पाकिस्तान, भारत र अफगानिस्तान छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट