फुटपाथमा व्यापार गर्न नदिने निर्णय पुनर्विचार गर्न ललितपुर महानगरलाई अभियन्ता ईः को आग्रह

समाचार

काठमाडौं । अभियन्ता ईःले ललितपुर महानगरपालिकालाई फुटपाथमा व्यापार गर्न नदिने निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् । सोमबार सामाजिक संजालमार्फत अभियन्ता ईःले महानगरपालिकालाई निर्णय पुनर्विचार गर्न आग्रह गरेका हुन् ।
उनले भनेका छन्, ललितपुरको सपना नमार्नुस्, सहर भनेको कार भएका मानिसहरुलाई मात्र होइन । फुटपाथ हटाउने निर्णय पुनर्विचार गर्नुस् ।’
उनले मंगलबार ललितपुर महानगरपालिका अगाडि १०८ मिनेट अभिने बताएका छन्। उनी यसअघि काठमाडौं महानगरपालिकाले फुटपाथमा व्यापार गर्न दिनुपर्ने माग गर्दै राष्ट्रिय सभागृह अगाडि १९९ घण्टा उभिएका थिए ।
https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fiihbook%2Fposts%2Fpfbid02SRpiqCFYkXweVYrY169sCXgRau2VDhURWdYmkY6cK5VuzxXSXMWu9XTiAuLLWBGnl&show_text=true&width=500
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट