`

कालापानी, लिपुलेक र लिम्पियाधुरातर्फ हिँडे जेनजीहरू

Nepal One HD १९ असार २०८३ १५:१२
राजनीति

काठमाडौं। राष्ट्रिय जेनजी नागरिक अभियानका अभियन्ताहरूले कालापानी, लिपुलेक र लिम्पियाधुरातर्फ स्थलगत यात्राको सुरुवात गरेका छन्।

अभियानका संयोजक सुनिल सिंह, सहसंयोजक अजय सोडारी, सचिव प्रकाश बम तथा सीमासम्बन्धी चलचित्र निर्माता नवल खड्का यात्रामा सहभागी रहेका छन्।

सहसंयोजक अजय सोडारीका अनुसार अभियानले यसअघि काठमाडौंमा सीमासम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको थियो। अहिले विवादित सीमाक्षेत्रमै पुगेर कालापानी, लिपुलेक र लिम्पियाधुराको वर्तमान अवस्था बुझ्ने उद्देश्यले यात्रा सुरु गरिएको हो।

अभियानले स्थलगत अवलोकन गर्ने, स्थानीयसँग अन्तरक्रिया गर्ने तथा आफूहरूले नेपाली भूमि ठानेको तर भारतीय नियन्त्रणमा रहेको क्षेत्रमा राष्ट्रिय झण्डा फहराउने कार्यक्रम समेत रहेको जनाएको छ।

अभियन्ताहरूले देशको सार्वभौमिकता र सीमा सुरक्षाका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यात्रा गरिएको दाबी गरेका छन्।

उनीहरूले ‘देशभन्दा माथि केही हुँदैन, छिमेकी देशको हस्तक्षेप स्वीकार्य छैन, हामी नवयुवाहरू प्रतिकार गर्छौँ’ भन्ने सन्देश प्रवाह गर्ने समेत बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *