कृषि तथा पशुपन्छी विकासमन्त्री स्वदेश फिर्ता
राजनीति
काठमाडौँ, १ पुस : कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसाल भियतनामको औपचारिक भ्रमण पूरा गरी आज अपराह्नस्वदेश फिर्ता हुनुभएको छ । उहाँ कृषि क्षेत्रका विकासमा सहकार्य तथा अनुभव आदानप्रदानसम्बन्धी कार्यक्रममा सहभागी हुन मङ्सिर २३ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
मन्त्री भुसालले भ्रमणका क्रममा भियतनामका अधिकारीहरुसँग भएका छलफल र अनुभव नेपालको कृषि विकासमा फलदायी हुने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि पत्रकारहरुलाई बताउनुभयो । उहाँले त्यहाँको धान, सागपात, दुग्ध उत्पादन र कृषिमा सहकार्य र कृषि प्रविधि हस्तान्तरणबारे छलफल गरेको जानकारी दिनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
