एमालेको समृद्धि सङ्कल्प यात्राका क्रममा पहिचानवादीले धम्की दिए :उपमहासचिव प्रदीप ज्ञवाली
भक्तपुर, ३ पुस : नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले लोकतन्त्रमा कोहीले पनि शान्तिपूर्णरूपमा माग राख्न पाउनुपर्ने बताउनुभएको छ । कसैलाई पनि निषेध गर्न खोज्न नहुने उहाँले उल्लेख गर्नुभयो ।
रफत सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा उपमहासचिव ज्ञवालीले पहिचानका नाममा अतिवाद लाद्ने कोसिस भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धि सङ्कल्प यात्राका क्रममा पहिचानवादीले विभिन्न धम्की दिए, यो लोकतन्त्र विरोधी कार्य हो ।”
जनता सङ्घीय लोकतान्त्रिक व्यवस्थाको पक्षमा रहेको एमालेको अभियानका क्रममा पाएको उपमहासचिव ज्ञवालीले बताउनुभयो । मुलुकको अर्थ व्यवस्था अत्यन्तै अप्ठ्यारो अवस्थामा पुगेकाले ऋण उठाएर कर्मचारीलाई तलब खुवाउनुपर्ने अवस्था आएको उल्लेख गर्दै उहाँले एनसेल करछलीको निष्पक्षरुपमा छानबिनको माग गर्नुभयो ।
