`

कांग्रेस एकताबद्ध भएर गएमा आगामी निर्वाचनमा अधिक स्थान हासिल गर्ने पूर्वपरराष्ट्रमन्त्री खड्काको ठोकुवा

Nepal One HD ४ पुष २०८० २०:५५
राजनीति

उदयपुर, ४ पुस : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री नारायण खड्काले नेपाली कांग्रेस एकताबद्ध भएर गएमा आगामी निर्वाचनमा अहिलेकोभन्दा अधिक स्थान हासिल गर्ने ठोकुवा गर्नुभएको छ ।

पार्टीले आज यहाँ आयोजना गरेको जिल्ला भेलामा नेता खड्काले यसअघिको चुनावमा कांग्रेसले बाध्य भएर अन्य पार्र्टीसँग तालमेल गर्नुपरेको बताउनुभयो । अन्तरघात भएका कारण धेरै स्थानमा चुनाव हार्नुपरेको उहाँले दुखेसो गर्नुभयो ।अब कांग्रेस पार्र्टीभित्रका सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर जान सके आगामी निर्वाचनमा कसैसँग चुनावी तालमेल गरेर चुनाव लड्न नपर्ने नेता खड्काले बताउनुभयो ।पार्र्टीका जिल्ला सभापति हिमाल कार्कीले पनि कांग्रेसले कम्युनिष्टसँग चुनावी एकता गरेर जानु बाध्यता थियो । सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर जान सके आगामी निर्वाचनमा नेपाली कांग्रेसको अवस्था सुदृढ बन्ने दाबी उहाँले गर्नुभयो ।


प्रतिक्रिया