`

संचालनमा आयो अवरुद्ध बिपी राजमार्ग

Nepal One HD ९ पुष २०८० १३:५७
प्रमुख खबर

रामेछाप । सिन्धुलीको सुनकोसी गाउँपालिकामा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएपछि स्थानीयले बसमा आजगजी गरेकाले अवरुद्ध बनेको बिपी राजमार्ग अपराह्न १ बजेदेखि सञ्चालनमा आएको छ । मोटरसाइकललाई ठक्कर दिने अरनिको यातायात सेवा समितिको बसमा स्थानीयले आगजनी गरेपछि बिपी राजमार्ग अवरुद्ध भएको थियो ।

आज बिहान रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नं को अरनिको यातायात सेवा प्रालिको बसले काठमाडौँबाट खुर्कोट जाँदै गरेको बा ६० प ३५४५ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार खोटाङको दिक्तेल नगरपालिका– १० रुपाकोटकी १८ वर्षीया मुनाकला राईको घटनस्थलमै मृत्यु भएको थियो ।
त्यसैगरी सो मोटरसाइकल चालक खोटाङ जिल्ला तुवाचुङ नगरपालिका–२ का कुमार राईको पनि उपचारका लागि स्थानीय खाल्टे अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।


प्रतिक्रिया