सम्पर्कविहीन २१ प्रहरीलाई हाजिर हुन सात दिनको म्याद

समाचार

काठमाडौं । नेपाल प्रहरीमा विभिन्न पदमा कार्यरत २१ जना सम्पर्कविहीन भएका छन् । जानकारीबिनै आफूखुसी एक महिनाभन्दा बढी समयमा बिदा बसेपछि प्रहरी प्रधान कार्यालयले खोजी सुरु गरेको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले बुधबार सूचना जारी गरी एक महिना भन्दा बढी समयदेखि आफूखुसी गैरहाजिर रहेका २१ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो । उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले सात दिन भित्र स्पष्टिकरणसहित सम्पर्कमा आउन निर्देशन दिँदै सूचना जारी गरेको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट