`

गठबन्धनले राष्ट्रिय स्वाभिमानको विषयलाई धुमल बनायो– नेता पोखरेल

Nepal One HD २१ पुष २०८० १७:५९
राजनीति

ललितपूर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको विषयलाई गठबन्धनले धुमिल बनाउने काम गरेको आरोप लगाएका छन् । शनिबार ललितपुरमा राष्ट्रिय जनसांस्कृतिक महासंघको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पोखरेलले एमाले राष्ट्रिय स्वाभिमान र विकासको स्पष्ट दृष्टिकोणको साथ अघि बढेपनि गठबन्धनले यसलाई धुमिल बनाउने काम गरेको आरोप लगाएका हुन् ।

प्रमुख प्रतिपक्षी दलसँग कुनै सल्लाह नगरी भारतका विदेश मन्त्री नेपाल आउँदा सरकारले गोप्य सम्झौता गरेको र यसलाई एमालेले गम्भीर रुपमा लिएको उनले बताए । सम्झौताका नाममा राष्ट्रिय स्वाधीनतामा आँच आउने काम सरकारले गरेको पोखरेलको भनाइ छ । उनले सामाजिक सद्भाव विकास गर्नुपर्छ भन्ने एमालेको मान्यतामा आँच पु¥याउने काम गठबन्धनको तर्फबाट भएको समेत बताए ।

उपाध्यक्ष पोखरेलले भू–राजनीतिक संवेदनशीलताका कारण नेपाल धरै किसिमका संकट झेल्न बाध्य बनेको बताए । सबै राष्ट्रिय शक्तिलाई गोलबद्ध गर्नु आजको आवश्यकता रहेको उनको भनाइ छ ।


प्रतिक्रिया