`

गठबन्धनले टुंग्यायो राष्ट्रिय सभा सदस्यको सिट बाँडफाँड (भिडियो सहित)

Nepal One HD २२ पुष २०८० १२:२६
प्रमुख खबर

काठमाडौ । सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको गठबन्धनको बैठकले राष्ट्रियसभाका निर्वाचनमा १९ सिटका लागि बाँडफाँटको टुङ्गो लगाएको हो ।
बैठकपछि कांग्रेसका मुख्य सचेतक रमेश लेखकले कांग्रेसले १०, नेकपा माओेवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टी (जसपा)ले एक सिट पाउनेगरि सहमति भएको जानकारी दिए । लेखकले क्लस्टरका बारेमा पनि धेरै ठाउँमा टुंगो लागिसकेको र केहि स्थानका लागि पनि छिटै टुंगो लाग्ने बताए ।

सिट बाँडफाँटमा सहमति भएसंगै दलहरुले आन्तरिक छलफल गरेर उम्मेदवारको नाम टुङ्गो लगाउने तयारी गरेका छन् ।


प्रतिक्रिया