`

पूर्वी इराकमा भएको हवाई आक्रमणमा ४ जना आइएस लडाकु मारिए

Nepal One HD २२ पुष २०८० २०:५९
विश्व

इराकको पूर्वी प्रान्त दियालामा भएको हवाई आक्रमणमा चार इस्लामिक स्टेट (आइएस) लडाकु मारिएको इराकी सेनाले आइतबार जनाएको छ ।गुप्तचर प्रतिवेदनका आधारमा इराकी लडाकु विमानहरूले शनिबार राति इराकी राजधानी बगदादबाट करिब ९० किलोमिटर उत्तरपूर्वमा रहेको हवद अल-वक्फ क्षेत्रमा आइएस लडाकुहरू लुकेर बसेको ठाउँमा हवाई हमला गरेको सुरक्षा मिडिया सेलको जनाएको छ।

सो आक्रमणमा मारिनेमा उक्त क्षेत्रका लडाकु समूहका सैन्य नेता माजिद मेयुफ पनि रहेको बताइएको छ । सन् २०१७ मा आइएसको पराजयपछि इराकको सुरक्षा स्थितिमा सुधार आएको छ तर यसका बाँकी लडाकुहरू मरुभूमि र दुर्गम क्षेत्रहरूमा विस्तार हँदै गएको पाइएको छ । पछिल्लो समय यिनीहरूले सुरक्षा बल र नागरिकहरू विरुद्ध बारम्बार छापामार आक्रमणहरू गर्दै आएका छन् ।


प्रतिक्रिया