`

सुदूरपश्चिम प्रदेशसभामा विषयगत समितिका सभापति चयन

Nepal One HD २५ पुष २०८० २०:३६
राजनीति

सुदूरपश्चिम, २५ पुस : सुदूरपश्चिम प्रदेशसभामा विषयगत समितिमा सभापति चयन भएका छन् । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै एक वर्षपछि प्रदेशसभाका चार विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका हुन् ।

प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा नेपाली कांग्रेसका दिवानसिंह विष्ट, सामाजिक विकास समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी) की माया पन्त, सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा (एमाले) का वीरबहादुर थापा तथा अर्थविकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी निर्वाचित हुनुभएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश सभामुख भीमबहादुर भण्डारीले निर्वाचित विषयगत समितिका सभापतिलाई आजै पद तथा गोपनीयताको सपथ गराउनुभएको छ । विषेशाधिकार समितिको सभापति नेकपा (माओवादी केन्द्र)लाई दिने दलहरुबीच समझदारी भएको छ ।


प्रतिक्रिया