`

भारतीय रक्षामन्त्री र बेलायती प्रधानमन्त्रीबीच आर्थिक सहयोगका विषयमा छलफल

Nepal One HD २६ पुष २०८० १८:४१
विश्व

भारतीय रक्षामन्त्री राजनाथ सिंह र बेलायतका प्रधानमन्त्री ऋषि सुनकवीच बुधबार भेटवार्ता भएको छ ।दुई नेताहरूले रक्षा, आर्थिक सहयोगलगायत विश्व शान्तिका विषयमा स्थिर विश्वव्यापी नियममा आधारित व्यवस्थालाई सुदृढ पार्न भारत र बेलायतले मिलेर कसरी काम गर्न सक्छन् भन्ने विषयमा छलफल गर्नुभएको बताइएको छ ।

भारतीय रक्षामन्त्री सिंहले बेलायतका प्रधानमन्त्री सुनकसँग लन्डनमा धेरै सान्दर्भिक भेट भएको बताउँदै विभिन्न मुद्दाहरूमा छलफल भएको उल्लेख गर्नुभयो ।

यसअघि, रक्षा मन्त्री सिंहले बेलायतका विदेश सचिव डेभिड क्यामरूनसँग दुई राष्ट्रबीचको सम्बन्धलाई बढावा दिने विषयमा गहन छलफल गर्नुभएको थियो ।सिंहले उहाँका बेलायती समकक्षी ग्रान्ट शाप्सले लन्डनको ट्रिनिटी हाउसमा भारत–लण्डन रक्षा उद्योगका उच्च अधिकारीसँग गोलमेच सम्मेलनमा भाग लिनुभएको थियो ।

बेलायतका रक्षा सचिव शप्सले भन्नुभयो, “विश्वमा विवाद बढ्दै गएको अवस्थामा भारतजस्ता प्रमुख साझेदारसँग रणनीतिक सम्बन्धलाई निरन्तरता दिनु अत्यावश्यक छ । यसैगरि समान सुरक्षा चुनौतिहरूमा सहकार्य गर्दै स्वतन्त्र र समृद्ध इन्डो–प्यासिफिक कायम राख्ने प्रतिबद्धतासमेत गरिएको छ ।”


प्रतिक्रिया