`

चलचित्रसम्बन्धी कानूनलाई समयानुकुल परिमार्जन गर्दै अघि बढनुपर्छ : सञ्चारमन्त्री शर्मा

Nepal One HD २७ पुष २०८० १३:०४
राजनीति

काठमाडौँ / सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले चलचित्रसम्बन्धी कानूनलाई समयानुकुल परिमार्जन गर्दै अघि बढ्ने बताएकी छिन् ।

सञ्चार मन्त्रालय र चलचित्र जाँच समितिद्वारा शुक्रबार ललितपुरमा आयोजित सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रममा मन्त्री शर्माले पुरानो कानूनका कारण यस क्षेत्रमा समस्या देखिएको भन्दै यसलाई समयानुकुल परिमार्जन गर्दै अघि बढ्ने बताएकी हुन् ।

चलचित्र क्षेत्रको समस्या समाधान गर्ने गरि सुझावका आधारमा चलचित्रसम्बन्धी विधेयक संसदमा पेश गरिने उनले बताइन् । त्यस्तै मन्त्री शर्माले संविधानले बर्जित गरेका शव्द राखेर विज्ञापन बनाउने गरेकाले त्यसलाई रोक्नुपर्ने र विज्ञापन बोर्डले हेर्नुपर्ने बताइन् । उनले सेन्सर बोर्डको कार्यालय नहुँदा भएको समस्यालाई ध्यान दिएर लाग्ने र सहजीकरण गरि आवश्यक वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा सहभागीहरुले २०२६ सालमा बनेको चलचित्रसम्बन्धी पुरानो कानुन संशोधन गर्न आवश्यक रहेको, नवीनतम प्रविधिलाई जोड्दै यस क्षेत्रको सुधार गर्नु आवश्यक रहेको धारणा राखेका थिए ।


प्रतिक्रिया