सार्वजनिक विदामा पनि माछापुच्छ्रे बैंकको सेवा
अर्थ समाचार
काठमाडौ । आफ्ना ग्राहकहरुको सुविधाका लागि माछापुच्छ्रे बैंक लिमिटेडले सार्वजनिक विदा र शनिबार समेत सेवा उपलब्ध गराएको छ । बैंकले पुष २७ गते पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवस अवसरमा दिइएको सार्वजनिक बिदामा समेत सेवा नियमित गरेको हो ।
बैंकले शुक्रबार कोसी प्रदेशका २१, मधेष प्रदेशका ११, कर्णाली प्रदेशका ३, सुदूरपश्चिम प्रदेशका ९, बागमती प्रदेशका २०, गण्डकी प्रदेशका ९ र लुम्बिनी प्रदेशका १५ वटा शाखाबाट सेवा दिएको हो । बैंकले ग्राहकको सुविधाका लागि बिहान १० बजेदेखि दिउँसो साढे १ बजेसम्म काउण्टर खुला गरी सेवा दिएको हो । बैंकले शनिबार पनि बिभिन्न काउण्टरमार्फत सेवा नियमित गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
