`

अन्तरराष्ट्रिय गठबन्धनको उपस्थिति अन्त्य गर्ने इराकी प्रधानमन्त्रीको दृढ संकल्प

Nepal One HD २ माघ २०८० ८:१५
विश्व

इराकका प्रधानमन्त्री मोहम्मद शिया अल-सुदानीले सोमबार इराकले अमेरिकाको नेतृत्वमा रहेको अन्तरराष्ट्रिय गठबन्धनको उपस्थिति अन्त्य गर्न चाहेको कुरा दोहोर्या उनु भएको छ।

अल-सुदानीले इराकका लागि नेदरल्यान्डका राजदूत हान्स सान्डीसँगको भेटमा उक्त टिप्पणी गर्नु भएको हो । नेदरल्यान्डले आगामी मे महिनाको मध्यमा उत्तरी अटलान्टिक सन्धि सङ्गठन (नेटो) मिसनको अध्यक्षता ग्रहण गर्दै छ।अल-सुदानीले गठबन्धन देशहरूको अर्को मिसनमा इराकमा गठबन्धनको उपस्थिति समाप्त गर्न र इराकसँग द्विपक्षीय सुरक्षा र सैन्य सहयोगमा जानका लागि संयुक्त प्राविधिक कार्य समावेश हुनुपर्ने धारणा राख्नु भएको छ ।

सान्डीले बैठकमा अल-सुदानीलाई नेदरल्याण्डका समकक्षी मार्क रुटेबाट दुई देशबीच सम्भावित साझेदारीका अवसरहरू बारे छलफल गर्न नेदरल्याण्ड भ्रमण गर्न आधिकारिक निमन्त्रणा दिनु भएको बताइएको छ । नेदरल्याण्ड अमेरिकाको नेतृत्वमा रहेको अन्तरराष्ट्रिय गठबन्धनको हिस्सा हो जसलाई इस्लामिक स्टेट आतङ्कवादी समूह विरुद्धको लडाइँमा इराकी सुरक्षा बलहरूलाई प्रशिक्षण र सल्लाह दिने काम दिइएको टिप्पणी हुने गर्दछ ।


प्रतिक्रिया