इरानद्वारा सिरिया र इराकी कुर्दिस्तानमा रहेको आतङ्कवादी अड्डामा मिसाइल आक्रमण


इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोरले सिरिया र इराकको कुर्दिस्तान क्षेत्रमा आतङ्कवादी र इजरायलको गुप्तचर सेवा मोसादको अड्डा विरुद्ध ब्यालेस्टिक क्षेप्यास्त्रको ब्यारेज प्रहार गरेको जनाएको छ । आईआरजीसीले मङ्गलबार बिहानै तीनवटा विज्ञप्तिमार्फत आक्रमणको घोषणा गरेको छ । यी आक्रमणहरू मध्यरातमा बलुचेस्तानमा हालैका आतङ्कवादी हमलाको प्रतिक्रियाको रूपमा गरिएको बताइएको छ ।
इराकी सुरक्षा स्रोतका अनुसार इराकी कुर्दिस्तानको राजधानी एर्बिलमा आईआरजीसीले गरेको मिसाइल आक्रमणमा चार जनाको मृत्यु भएको छ। जनवरी ३ मा, दुई ‘आत्मघाती आतङ्कवादी’ ले केरमानमा इरानी जनरल कासिम सुलेमानीको चिहान नजिकै दुईवटा बम विस्फोट गराएको बताइएको छ ।
त्यसको परिणामस्वरूप ९० जनाभन्दा बढीको मृत्यु भएको छ भने र २८० जना घाइते भएका छन् । जनवरी ४ मा भएको बम विस्फोटको जिम्मेवारी आईएस आतङ्कवादी समूहले लिएको थियो।