`

आइसिसी यू–१९ विश्वकप– नेपालले पाकिस्तानलाई दियो १९८ रनको लक्ष्य

Nepal One HD १० माघ २०८० १७:३९
खेलकुद

काठमाडौ । आइसिसी यू–१९ विश्वकपमा नेपालले पाकिस्तानलाई १९८ रनको लक्ष्य दिएको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले अन्तिम बलमा अलआउट हुँदै १९७ रन मात्रै जोड्न सकेको हो ।

नेपालका लागि ओपनिङ ब्याटर विपिन रावलले सर्वाधिक ३९ रन बनाएका थिए भने ओपनिङ ब्याटर अर्जुन कुमाल ४.२ ओभरमा ६ रन बनाएर आउट भएका थिए । अर्जुन आउट भएको दुई ओभरपछि आकास त्रिपाठी पाकिस्तानका अहमेद हुसेनको बलमा ६ रनमै क्याच आउट भए । कप्तान देव खनाल २३ रन जोडेर आउट भएका थिए ।

उत्तम मगरले पनि ४ रनभन्दा बढी जोड्न सकेनन् भने ओपनिङ ब्याटर विपिन ३९ रन बनाएर आउट भए । आशा गरिएका गुलसन झा आज पनि चल्न सकेनन् । उनले १८ रन मात्र बनाउन सके । यस्तै दिपेश कँडेल १३ रन र दीपक डुम्रे २६ रनमा आउट भए । सुवास भण्डारीले २४ बलमा २० रन जोडे भने आकास चन्द ११ बलमा नटआउट १६ रनमा रहे ।


प्रतिक्रिया