सङ्खुवासभामा आगलागी हुँदा २० लाखको क्षति

समाज

किमाथाङ्का (सङ्खुवासभा), १२ माघ : सङ्खुवासभाको मकालु गाउँपालिका–२ लिम्दुसामा आगलागी हुँदा नगद रु दुई लाखसहित रु २० लाखबराबरको क्षति भएको छ ।
आगलागीबाट मकालु–२ लिम्दुसाका फुदोर्ची शेर्पाको घर जलेर नष्ट भएको वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिनुभयो । आगलागीबाट करिब रु २० लाखबराबरको क्षति भएको वडाध्यक्ष शेर्पाले बताउनुभयो ।
आगलागीबाट दुई तोला सुन, रु दुई लाख नगद, अन्न, लत्ताकपडासहितका सामान जलेर नष्ट भएको वडाध्यक्ष शेर्पाले बताउनुभयो । गए राति खाना पकाउने ठाउँबाट सल्किएर आगो लागेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट