`

विकास परियोजनाको गुणस्तर सुनिश्चित गर्नुपर्नेमा मुख्यमन्त्री कार्कीको जोड

Nepal One HD १३ माघ २०८० १८:२९
राजनीति

मोरङ, १३ माघ : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विकास–निर्माणका परियोजनाको गुणस्तर सुनिश्चित गर्न इन्जिनियरहरू इमान्दार हुनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल इन्जिनियर एसोसिएसन कोशी प्रदेशद्वारा विराटनगर–१० मा रु ७६ लाखमा निर्मित तीनतल्ले भवनको आज उद्घाटन गर्दै उहाँले गुणस्तरीय काम गर्न ठेकेदारलगायत निर्माणसँग सम्बद्ध सम्पूर्ण पक्षलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा प्राविधिक शिक्षा गुणस्तरीय रहेको प्रमाण विश्वका विभिन्न विश्वविद्यालयमा तथा निजी क्षेत्रमा कार्य गरिरहेका नेपाली इन्जिनियरहरूले देखाएका बताउनुभयो ।

भौतिक पूर्वाधार तथा विकासमन्त्री कमलप्रसाद जबेगुले प्रदेशका विकास–निर्माणका काममा समयमा नै सम्पन्न गरी जनतालाई विकासको अनुभूति गराउनुपर्छ भन्नुभयो ।


प्रतिक्रिया