राष्ट्रिय योजना आयोग र विश्व बैंकबीच ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क’ का विषयमा छलफल
राजनीति
काठमाडौँ, २६ माघ : राष्ट्रिय योजना आयोग र विश्व बैंकबीच ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क’ का विषयमा छलफल भएको छ । विश्व बैंकले नेपालका लागि बनाइरहेको आगामी पाँच वर्षे ‘कन्ट्री पार्टनर सीप फ्रेमवर्क’ का विषयमा आज सिंहदरबारस्थित आयोगको कार्यालयमा छलफल भएको हो । छलफलमा आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले विश्व बैंक लगायतका विकास साझेदारको कतिपय कार्यक्रमका विषयमा पुनःविचार गर्नुपर्ने बताउनुभयो ।
विकासलाई नयाँ दिशामा लैजानका लागि उपाध्यक्ष श्रेष्ठले सबै पुराना कार्यक्रमहरुलाई निरन्तरता दिन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “पुराना कतिपय सफल नभएका कार्यक्रमलाई बन्द वा पुनः सुरुवात गर्नुपर्छ । उत्पादन र रोजगारी वृद्धिका लागि नयाँ कार्यक्रम डिजाइन गर्नुपर्छ । यसका लागि विश्व बैंकको सहयोगको अपेक्षा गरिएको छ ।”
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
