टर्की र इजिप्ट सहयोग बढाउन, गाजामा शान्ति प्रवर्द्धन गर्न सकारात्मक


टर्कीले गाजामा शान्ति र प्यालेस्टिनी मुद्दामा दिगो समाधानका लागि इजिप्टसँग सहकार्य विकास गर्न चाहेको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बिहीबार बताउनु भएको छ ।
“हामी इजिप्टसँग गाजामा भएको नरसंहारको अन्त्य गर्न र प्यालेस्टिनी मुद्दाको दिगो समाधान गर्न इजिप्टसँगको सहकार्य बढाउन चाहन्छौं,” एर्दोगानले पत्रकार सम्मेलनमा भन्नु भएको छ । गाजामा इजरायली युद्धको बीचमा एर्दोगानले बुधबार इजिप्टको भ्रमण गरी दुई देश बीच वर्षौंको तनावपछि द्विपक्षीय सम्बन्ध पुनर्स्थापित गर्न चाहेको देखिन्छ ।
इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीलाई सन् २०१३ जुलाईमा अपदस्थ गरिएपछि उहाँको टर्की समर्थित मुस्लिम भ्रातृत्व समूहलाई गैरकानूनी ठहराएपछि टर्की-इजिप्ट सम्बन्धमा तनाव उत्पन्न भएको थियो । परिस्थिति बिग्रिएपछि दुई देशले एकअर्काका राजदूतहरूलाई निष्कासन गरेका थिए ।
एर्दोगानले पत्रकारहरूलाई भन्नुभएको छ- दुई राष्ट्रपतिहरूले सैन्य र रक्षा उद्योग लगायत द्विपक्षीय सम्बन्धमा हालै प्राप्त गरेको गतिको बारेमा छलफल गर्नु भएको छ । उहाँहरूल बीच सकेसम्म चाँडो उच्च-स्तरीय रणनीतिक सहयोग परिषद् बैठक आयोजना गर्न सहमत भएको छ ।
“इजिप्टका राष्ट्रपति श्री सिसीको निमन्त्रणामा गरिएको हाम्रो भ्रमण अत्यन्तै इमान्दार, फलदायी र सफल रह्यो,” उहाँले भन्नुभयो ।एर्डोगानले आफ्ना इजिप्टका समकक्षी सिसीले अप्रिल वा मेमा टर्की भ्रमण गर्ने अपेक्षा गरिएको बताउनु भएको छ ।