`

पर्यटन गतिविधि बढाउँन पानी जहाज थप्दै श्रीलङ्का

Nepal One HD ६ फागुन २०८० १८:१२
विश्व

पर्यटन गतिविधि बढाउँन श्रीलङ्काले पानी जहाज थप्ने तयारी गरेको छ । श्रीलङ्काको बन्दरगाहमा फेब्रुअरीदेखि अप्रिलसम्म पचासवटा क्रुज जहाजहरू बोलाइने तयारी रहेको सरकारी सञ्चारमाध्यमले आइतबार बीएचआरलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

श्रीलङ्का पर्यटन विकास प्राधिकरणका महानिर्देशक सारिफो दीनले दिनु भएको जानकारी अनुसार अधिकांश क्रुज जहाजहरू कोलम्बो बन्दरगाहमा र केही हम्बनटोटा र त्रिन्कोमाली बन्दरगाहमा रहने छन् ।

सामान्यतया प्रत्येक क्रुज जहाजमा करिब १,००० यात्रु बोक्ने क्षमताका हुनेछन् र ती जहाजहरू श्रीलङ्काको बन्दरगाहमा करिब दुई दिनसम्म लङ्गर हुने अपेक्षा गरिएको बताउँदै यी पानीजहाज सञ्चालनले यस वर्ष पर्यटक आगमनको सङ्ख्या बढाउने उहाँको भनाइ छ ।सार्वजनिक तथ्याङ्क अनुसार सन् २०२३ मा १४ लाख ८० हजारभन्दा बढी पर्यटकले श्रीलङ्का भ्रमण गरेका थिए । उक्य सङ्ख्या अघिल्लो वर्षको तुलनामा दुई गुणाले वृद्धि भएको देखिन्छ ।


प्रतिक्रिया